लेकसाइडमा खुल्यो बुटिक होटल टेम्पल बेल

पाेखरा | चैत २६, २०८१

लेकसाइडमा खुल्यो बुटिक होटल टेम्पल बेल

पोखरा:   लेकसाइडस्थित स्ट्रिट नम्बर १७ मा ‘टेम्पल बेल’ बुटिक होटेल एन्ड स्पा सञ्चालनमा आएको छ ।

 

पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल निर्माण गरी सोमबारबाट सेवा प्रारम्भ गरेको हो ।

 

नेपाली मौलिकता र अन्तर्राष्ट्रिय स्तरको सुविधा समेट्ने गरी होटल ‘बुटिक’ अवधारणामा निर्माण गरिएको छ ।

 

होटलको संरचना नेपाली काष्ठकला, ढुंगा, ढाका, थान्का, झुमर तथा पेन्टिङले सजाइएको होटलका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए ।

 

पर्यावरणमैत्री शैलीमा सजाइएको कोठा, करिडोर र खुला क्षेत्रले आगन्तुकलाई आत्मीयता र मौलिकता प्रदान गर्ने विश्वास उनले व्यक्त गरे ।

 

सन् २०२१ डिसेम्बरमा सुरु गरिएको होटल निर्माण कोभिड महामारीको चुनौतीबीच साढे ३ वर्षमा सम्पन्न भएको हो । करिब साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको यो होटलको कुल लागत (जग्गासहित) करिब १ अर्ब २५ करोड रुपैयाँ रहेको जानकारी प्रबन्ध निर्देशक भीष्मराज पौडेलले दिए ।


होटलमा अगाडि र पछाडि गरी दुईवटा इन्टरकनेक्टेड ब्लक छन् । कुल ५५ कोठामध्ये ४७ डिलक्स बुटिक, ५ सुपर डिलक्स, २ जुनियर स्वीट र १ प्रेसिडेन्सियल स्वीट कोठा छन् ।

 

होटलमा रिसेप्सन, आकर्षक लबी, दुईवटा ज्याकुजीसहितको स्वीमिङ पुल, ‘बुद्ध सदन’ नामक सम्मेलन हल, स्टीम, साउना, थेरापी रुम सहितको अत्याधुनिक स्पा, ‘यती एन्ड यती’ नामक बार, ‘आंटी’ नामक आलाकार्ट रेस्टुरेन्ट, बेसमेन्ट पार्किङ र दुईवटा आधुनिक लिफ्टको सुविधा उपलब्ध छ ।


होटलले ‘सफ्ट ओपनिङ’ गरेको छ ।

 

वैशाख महिनाभित्र होटलको ‘ग्रान्ड ओपनिङ’ गर्ने योजनासमेत सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै स्वदेशी तथा विदेशी पाहुनाका लागि विशेष छुट र अफर प्रस्तुत गरिएको पनि प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए ।

 

स्वदेशी पाहुनाका लागि सिंगल र डबल रुम क्रमशः ७ हजार ५०० र ८ हजार ५०० रुपैयाँमा, विदेशी पाहुनाका लागि १२ हजार र १४ हजार रुपैयाँमा उपलब्ध छन् ।

 

स्वीट रुम स्वदेशी पाहुनाका लागि ३५ हजार रुपैयाँ र विदेशीका लागि ४८ हजार रुपैयाँमा उपलब्ध छन् । प्याकेजमा फ्री एक्सक्लुसिभ ब्रेकफास्ट, स्टीम, साउना, एयरपोर्ट पिकअप र ड्रपको सुविधा र स्पा सर्भिसमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको पौडेलले सुनाए ।


टेम्पल बेल बुटिक होटेल एन्ड स्पा पोखरामा आउने मिडिल र हाइ–एन्ड सेग्मेन्टका पर्यटकहरूका लागि लक्षित गरिएको हो । पोखराको सांस्कृतिक विविधता, साहसिक गतिविधि र शान्त वातावरणका बीचमा विश्वस्तरीय सेवा दिन सक्ने विश्वास होटल व्यवस्थापनको छ ।

 

होटलमा करिब ६० जना दक्ष कर्मचारी कार्यरत रहेको कर्पाेरेट म्यानेजर लेखनाथ पहारीले जानकारी दिए । कर्मचारीलाई सेवा, व्यवस्थापन, खाना पकाउने कला र ग्राहक सेवा सम्बन्धी विशेष तालिम दिइएको उनले जनाए ।


होटलको निर्माणमा स्थानीय सामग्रीको प्रयोगलाई विशेष प्राथमिकता दिइएको छ ।

 

ढुंगा, नेपाली काष्ठकला, ढाका, बाँस, ढुंग्रो, नेपाली पेपरजस्ता परम्परागत सामग्रीहरू प्रयोग गरी भवनको संरचना तयार पारिएको प्रबन्ध निर्देशक पौडेलले बताए । कोठाहरू, करिडोर र खुला क्षेत्रहरू हरियाली प्रवद्र्धन हुने गरी वातावरणमैत्री ढंगले सजाइएका छन् ।

 

होटल सञ्चालकद्वय विश्व र भीष्मकी आमा ज्ञानुदेवी पौडेलले आफ्ना सन्तानले गरिरहेको कामको सराहना गर्दै उज्ज्वल भविष्यको शुभकामना प्रकट गरिन् । होटलका आकर्षक सुविधाहरूले पाहुनाहरूलाई आरामदायी र विलासी अनुभव प्रदान गर्ने लक्ष्य राखिएको होटलकी कर्मचारी आशा गुरुङले बताइन् ।


होटलको नाममा प्रयोग भएको ‘टेम्पल बेल’ अर्थात् मन्दिरको घण्टी, पवित्रता र सकारात्मक ऊर्जाको प्रतीक भएको जनाइएको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्